सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा खाद्य संकट

दुधे बालक सहित चामल किन्न कवाडी डिपोमा पुगेका महिलाहरु/प्रकाश सिंह
दुधे बालक सहित चामल किन्न कवाडी डिपोमा पुगेका महिलाहरु/प्रकाश सिंह
२०७६ भदौ २६, १२:१५ प्रकाश सिंह

हिमाली गाँउपालिका २ कोटी गाँउकी ललिता बोहोरा १० महिनाकी छोरी बोकेर कवाडी डिपोमा चालम किन्न आईन्। दुधे छोरी काखमा बोकेर डेढ दिन लगाएर डिपोमा त पुगिन्, तर चामल नपाएपछि उनिी निराशा बनिन्। ल्लिताका श्रीमान गाँईबस्तु लिएर लेक तिर छन्। उनको घरमा नौ जना परिवार छ, गाँउको सहकारी बाट ऋण काढेर चामल किन्न आईन्, तर उनलाई डिपोमा चामल नभएको जानकारी समेत थिएन्। डिपोमा चामल नपाएपछि स्थानिय बजारबाट प्रतिकिलो ८५ मा थोरै चामल लिएर फिर्ता भईन्। 

ललिता मात्र हैन्, उनकै गाँउकी कोपीला बोहोरा पनि डेढ बर्षकी छोरी बोकेर चामल किन्न आईन्। डिपोमा चामल नपाँउदा निराशा मात्र बनिनन्, राज्यप्रति निकै आक्रोशित बनिन्। पुरुष जति केही कामका लागि भारत र भएका पनि गाईबस्तु लिएर लेख तिर गएपछि महिलाहरु चामल किन्न कवाडी आँउछन्, तर चामल नपाउने गरेको हिमाली गाँउपालिका ३ का अध्यक्ष ध्यान बहादुर रोकायाले वताए।

बाजुराको सबैभन्दा बढि खाद्य संकट र सडक सञ्जालको पहुँच भन्दा निकै टाढा रहेको हिमाली गाँउपालिका हो। हिमाली गाँउपालिकाको कवाडी डिपोमा असार यता एकदान चामल नआएपछि गाँउमा खाद्य संकट रहेको स्थानिय पर्वलाल बुडथापाले बताए। दशै सम्म चामल नआए चरम खाद्य संकट हुने देखिएको छ। बर्षातको समयमा जोखिम मोलेर बच्चा बोक्दै चामल किन्न डिपोमा पुग्यौ, तर चामल छैन्, सरकारले नै बेवास्ता गरेको नानी बोहोराले वताईन्।

हिमाली गाँउपालिका १, २ र ३ नम्बर वडा बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको जनक रोकायाले वताए। स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान पुग्दैन्। हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ। हिमाली गाँउपालिका ४ कवाडी डिपोबाट बिच्छँयाका गाँउहरुमा पुग्न २ दिन सम्म लाग्ने गरेको छ।

खााद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले भने कवाडी डिपोका लागि ३५ सय क्वीन्टल चामलका लागि टेन्डर गरिसकेको र केही दिनमा सम्झौता भएर चामल जाने वताए। सुर्खेत खाद्य संस्थान बाट ९ सय, धनगढी संस्थान बाट ९ सय, मार्तडी बाट ९ सय र कोल्टी डिपो बाट ८ सय क्वीन्टल ढुवानी अनुदानका लागि टेन्डर गरिएको उनले वताए।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस