सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ६८ वर्षीय बृद्ध तीन दिनदेखि बेपत्ता

२०८३ साउन २९, ०२:५३ खबर संवाददाता

धनगढीः कैलालीमा एक ६८ वर्षीय बृद्ध तीन दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको गोदावरी नगरपालिका-५ गेटीका सुखराम राना बुधवारदेखि बेपत्ता भएका हुन्।

बुधवार बिहान करिब १० बजे मल लिन भनेर आफन्तसँगै वडा कार्यालय पुगेका राना एकाएक वडा कार्यालयबाट बेपत्ता भएको उनकी ६७ वर्षीया श्रीमती फुला रानाले बताइन्। 

अन्दाजी पाँच फिट अग्ला कालो वर्णका रानालाई देखेका नजिकको प्रहरी चौकी या मोवाइल नम्बर ९८२२१३३१७३ र ९८२४६३२९७५ मा कम्पर्क गर्न आग्रह गरिएको छ। 

कमेन्ट लोड गर्नुस