सुदूर नेपाललाई विश्वसँग जोड्दै

उच्च रक्त श्रावले बाजुरामा सुत्केरीको मृत्यु

२०७६ भदौ २६, १०:१४ प्रकाश सिंह

बाजुरामा उच्च रक्त श्राव भएर एक सुत्केरी महिलाको मृत्यु भएको छ। जिल्ला अस्पताल बाजुरामा उपचारका लागि पु¥याईएकी बुढीनन्दा नगरपालिका–१० पाण्डढुसेनकी ३५ वर्षीया निर्मला बोहोराको उच्च रक्त श्राव भएर बुधबार मृत्यु भएको हो। जिल्ला अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले दुई वर्ष अघि शिशु जन्माएकी बोहोरालाई व्यथा लागेर अस्पताल भर्ना गरिएकोमा उच्च रक्त श्राव भएर मृत्यु भएको बताए। भ्याकुम मार्फत शिशु पाएकी बोहोराको अवस्था सामान्य नै रहेको र एक्कासी उच्च रक्त श्राव भएर उनको मृत्यु भएको हो। 
 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस