सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१४ को वडा कार्यालयमा हावाहुरी पिडीतद्धारा तालाबन्दी

२०७६ भदौ २५, ०८:४९ खबर संवाददाता

धनगढी उप–महानगरपालीका १४ को वडा कार्यालयमा हावाहुरी पीडीतले तालाबन्दी गरेका छन। वास्तविक पीडीतले राहत नपाएको र पहुचँको आधारमा उप–महानगरपालीकाले राहत वितरण गरेको भन्दै स्थानियहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। मंगलबारदेखी आन्दोलीत स्थानियहरुले वडा कार्यालय, उप महानगरपालीका र जिल्ला प्रशासन कार्यालयमा राहतको लागी आग्रह गर्दा पनि वेवास्ता गरेपछि तालाबन्दी गर्नु पर्ने बाध्यता आएको स्थानीयले बताएका छन।

वडा कार्यालयले सामान्य क्षति, आशिंक क्षती र पुर्ण क्षति गरि तिन किसीमको प्रहरी मुचुल्का उठाएर आठ सय ६४ जना पीडीतको नामावलि पठाएको थियो। जसमध्ये एक सय ५८ जनाले मात्रै राहत पाएका छन। हावाहुरी पिडीतको विवादलाई समाधान गर्न बिहीबार सर्वदलीय बैठ्क बस्ने तयारी भईरहेको वडा कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस