सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका वडा अध्यक्ष कुँवरद्धारा बझाङमा विद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्तरण

२०७६ भदौ २५, ०६:१९ डीवि विष्ट

कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ का अध्यक्ष आशिफ कुँवर (भुण्टु) ले पारिश्रमिक वापत मिलेको रकमबाट बझाङका जेहेनदार विद्यार्थीलाई शैक्षिक समाग्री हस्तान्तरण गरेका छन्। बझाङको बालविकास माध्यमिक विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई बुधबार एक कार्यक्रमका बिच उनले शैक्षिक समाग्री हस्तान्तरण गरेका हुन्।

 विद्यालयका शिक्षक रमेश प्रकास उपाध्यायले वडाअध्यक्ष कुँवरले पाँच छात्र र पाँचजना छात्रा गरी १० जना जेहेनदार विद्यार्थीलाई शैक्षिक समाग्री हस्तान्तरण गरेको जानकारी दिए। वडा अध्यक्षले आफ्ना भाई आशिस कुवर र डाक्टर नम्रता भट्ट मार्फत विद्यार्थीलाई शैक्षिक समागी प्रदान गरेको शिक्षक उपाध्यायले बताए।

यस्तै कुँवरले  विद्यालयलाई ब्याडमेन्टन, भलीबल लगायत खेलकुदका सामाग्री पनि प्रदान गरेका छन्। जेहेनदार विद्यार्थीको पढाईप्रतीको रुची बढाउँदै हौसला र उनीहरुको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले शैक्षिक र खेलकुदका समाग्री सहयोग गरिएको हो। 
  शैक्षिक समाग्री पाएकी कक्षा ९ मा अध्ययरत पुजा विकले खुसि व्यक्त गरिन्।

उनले आमाले गिट्टी कुटेर शैक्षिक समाग्री किन्ने पैसाको जोहो गरिरहेका बेला वडा अध्यक्षबाट प्राप्त भएको उक्त सहयोगले ठुलो महत्व राख्ने बताईन्। यस्तै बुबा गुमाएकी कक्षा ९ मा अध्ययनरत अम्बीका उपाध्यायले पनि 
शैक्षिक सामाग्री पाएकोमा खुसी व्यक्त गरिन्।

उनले आफ्नो गाउँठाउँमा मनकारी जनप्रतिनिधि नभएकोमा दुःख व्यक्त गरिन्। यस्तै शैक्षिक सामाग्री पाउनेमा कक्षा १० मा अध्ययनरत कविन्द्र खड्का, उदय खड्का, देबराज उपाध्याय, कक्षा ९ मा अध्ययनरत सुनिता खड्का रहेका छन् भने कक्षा ७ मा अध्यनरत सुनिता उपाध्याय, निशा सिहँ, भुवनी खाती र कक्षा ३ मा अध्ययनरत अजय विकलाई शैक्षिक समाग्री हस्तान्तरण गरिएको छ। 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस