सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–५ को विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट एकै दिन २९८ जनालाई सेवा

२०८३ साउन २६, १०:१८ अनिता चौधरी

धनगढीः धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत शहरी स्वास्थ्य केन्द्र वडा नम्बर–५ जाईंमा सञ्चालित ’विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’बाट एकै दिन २९८ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्।

स्वास्थ्य शाखाले सार्वजनिक गरेको दैनिक प्रगति प्रतिवेदन अनुसार क्लिनिक सञ्चालन भएको उक्त दिन ६८ जना नयाँ र २३० जना पुराना गरी जम्मा २९८ जनाले विशेषज्ञ स्वास्थ्य परामर्श तथा अन्य परीक्षण सेवा प्राप्त गरेका हुन्। वडा स्वास्थ्य क्लिनिकमा जनरल फिजिसियनमा सबैभन्दा बढीले सेवा लिएका छन्।

प्रतिवेदन अनुसार जनरल फिजिसियन सेवातर्फ ३४ जना नयाँ र ११२ जना पुराना गरी १४६ जनाले सेवा लिएका छन्। यस्तै, स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवातर्फ १२ नयाँ र १५ पुराना गरी कुल २७ जना महिलाले सेवा प्राप्त गरेका छन्। आँखा रोग सम्बन्धी सेवातर्फ २२ नयाँ र २३ पुराना गरी कुल ४५ जनाले जाँच गराएका छन्।

आँखा सम्बन्धी समस्या भएका ५ जना सेवाग्राहीलाई भने अन्यत्र थप उपचारका लागि ’रेफर’ गरिएको शाखाले जनाएको छ। ल्याब, इसिटी र भिडियो एक्स–रे सेवा विशेषज्ञ परामर्शका साथै क्लिनिकमा प्रयोगशाला (ल्याब) तथा अन्य प्रविधिक सेवा पनि प्रवाह गरिएको छ।

प्रयोगशाला सेवामा ८ नयाँ र २० पुराना गरी कुल २८ जनाले जाँच गराएका छन्। ईसीजी सेवामा ७ नयाँ र २ पुराना गरी ९ जनाले ईसीजी गराए। अल्ट्रासाउन्ड (भिडियो एक्स–रेमा ११ नयाँ र ५ पुराना गरी १६ जना महिलाले अल्ट्रासाउन्ड सेवा लिएका छन्।

यस्तै वडा स्तरमै आयोजना गरिएको क्लिनिकमा गर्भवती महिला र ७० वर्ष माथिका ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। क्लिनिकबाट २५ जना गर्भवती महिला (१० नयाँ, १५ पुराना)ले स्वास्थ्य परीक्षण गराएका छन्।

यस्तै, ७० वर्ष माथिका कुल ५४ जना ज्येष्ठ नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन्, जसमा १६ जना नयाँ र ३८ जना पुराना रहेका छन्। स्थानीय तहमै विशेषज्ञ टोलीमार्फत परामर्श, परीक्षण र निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय बासिन्दा तथा विशेषगरी ज्येष्ठ नागरिक र गर्भवती महिला लाभान्वित भएका छन्।

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस