सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्थानीय तहद्धारा दुई बर्षमा साढे १२ अर्व बढि बजेट खर्च

गौरीगंगा नगरपालिकाको कार्यालय
गौरीगंगा नगरपालिकाको कार्यालय
२०७६ भदौ २५, ०४:२९ रोशन भट्ट

 कैलालीका १३ स्थानीय तहले दुई आर्थिक वर्षको अवधिमा साढे १२ अर्व भन्दा बढी बजेट खर्च गरेका छन्। संघीय सरकारले पठाएको मात्रै साढे १२ अर्व बढि बजेट खर्च गरिएको हो। आर्थिक वर्ष २०७४÷०७५ र २०७५/०७६ मा चालु र पुँजीगत गरि दुई वर्षको अवधिमा १२ अर्व ८३ करोड ३१ लाख खर्च गरिएको हो। 
कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङक अनुसार कैलालीका स्थानीय तहहरुले आर्थिक वर्ष २०७४/०७५ मा पुँजीगत तर्फ तीन अर्व १४ करोड ८४ लाख २५ हजार खर्च गरको छन् भने चालु तर्फ दुई अर्व १७ करोड ३४ लाख ९ हजार खर्च भएको छ। यस्तै आर्थिक वर्ष २०७५/०७६ मा पुँजीगत तर्फ तीन अर्व ६१ करोड ३७ लाख ६ हजार खर्च भएको छ भने चालु तर्फ चार अर्व ४४ करोड ९९ लाख ७४ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका सुचना अधिकारी मदनराज पाण्डये बतए।

अर्वौको बजेट खर्च गरेका कैलालीका स्थानीय तहहरुले दुई वर्षको मुख्य उपलब्धी सडक कालोपत्रे, ग्रावेल लगायत नीति निर्माण गर्नुलाई लिएका छन। आर्थिक वर्ष २०७४/०७५ मा कैलालीको गोदावरी नगरपालिकाले चालु र पुजीँगत गरि ५१ करोड ४८ लाख ५५ हजार बजेट खर्च गरेको छ भने आर्थीक वर्ष २०७५/०७६ मा चालु् र पुजीगत गरि ९२ करोड ६४ लाख २६ हजार खर्च गरेको छ। तर दुई वर्षको मुख्य उपलब्धी १२ किलोमिटर सडक कालोपत्रे, कच्ची सडकहरुमा ग्रावेल, पुल निर्माण लगायताक अन्य भौतिक पुर्वाधार निर्माण रहेको छ। तर स्थानीय तहको आन्तरिक आम्दानीको थप बजेट पनि खर्च गरिएको थियो। गोदावरी नगरपालिकाकी उप–मेयर रत्ना कठायतले जनअपेक्ष अनुसार काम गर्न केही कठिनाई भएपनि उत्कृष्ट काम गरेको दावी गरिन्।

सेवासुविधामा बढी खर्च गरेको आरोप खेपिरहेका कैलालीका स्थानीय तहहरुले प्रथमिकताको आधारमा विकास बजेट पनि खर्च नगरेको आरोप लाग्ने गरेको छ। जिल्लाकै गौरीगंगा नगरपालिकाले पनि आर्थिक वर्ष २०७४/०७५ मा चालु र पुँजीगत गरि ३९ करोड सात लाख २५ हजार खर्च गरेको छ भने आर्थीक वर्षक २०७५/०७६ मा पनि चालु र पुजीगत गरि ४९ करोड ७६ लाख ७० हजार खर्च गरेको छ। दुई वर्षको अवधीमा संघीय सरकारले पठाएको मात्रै झण्डै एक अर्व बजेट खर्च गरेको छ। नगर प्रोफाईल र नीति निर्माणलाई मुख्य उपलब्धी भएको नगरपालिकाका मेयर भीमबहादुर देउवाले बताए। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस