सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडकमा शाखा सडक जोड्ने निकासद्धारको अन्यौलता कायमै

२०७६ भदौ २५, १२:३२ कमल सावद

निर्माणाधिन मोहनापुल–अत्तरिया ६ लेन सडकमा शाखा सडक जोड्ने निकासद्धाराका विषयमा अन्यौलता कायमै रहेको छ। सडक निर्माण सुरु भएको दुई वर्ष पूरा हुँदा समेत निकासद्धाराका विषयमा रहेको अन्यौलता नहटेको हो।

शाखा सडकलाई जोड्न दिईने निकासद्धाराको स्थानका विषयमा टुंगो लगाउन योजना कार्यालय असफल भएको हो। यस्तै पैदल यात्रुहरुलाई आवातजावत गर्न आवश्यक पर्ने फुटपाथको विषयले अन्तीम रुपम पाउन सकेको छैन्।  

मोहनापुल देखि अत्तरिया सम्म १४ दशमलव २ किलोमिटर ६ लेन सडक निर्माणका लागि तोकिएको दुई वर्षको म्याद गत जेठमै सकिएर थप्ने प्रक्रियामा रहेका बेला निकासद्धारको विषयले भने अन्तीम रुप पाउन नसकेको हो।

६ लेन सडकको पहिलो खण्ड अन्तरगत मोहनापुलदेखि बोराडाँडी सम्म बजार क्षेत्र पर्ने भएकाले विभिन्न ठाउँमा शाखा सडक, अस्पताल, बैँक छन्। कुन ठाउँमा निकास हुने हो भन्ने विषयमा समेत अहिले सम्म टुङगो लागेको छैन्।

बजार क्षेत्रमा मुख्य हाईवेको जस्तो सडक विस्तार नगर्न व्यापारीहरु यसअघि आग्रह समेत गर्दै आएका थिए। तर अहिले सम्म मुख्य सडक प्रवेश, यात्रुका लागि जेब्रा क्रसिङ, वरपरका स्थानीयका लागि शाखा सडक, नाली माथिका सल्याप लगायतका विषयमा योजना कार्यालय आफै अन्यौलमा परेको छ।  

मोहनापुल–अत्तरिया ६ लेन सडक योजना प्रमुख होमबहादुर एसीले सरोकारवालासंग समन्वय गर्ने बताए। धनगढी र अत्तरिया व्यापारिक क्षेत्र हुन्। उनले भने, ‘व्यापारी, प्रसाशन, ट्राफिक प्रहरी लगाएतसंग छलफलका आधारमा शाखा सडकको समाधान गर्ने छौ।’

व्यापारिक क्षेत्र धनगढीमा प्रत्येक वर्ष करोडौँ लागतमा व्यवसाय थपिदैँ आएका छन्।  व्यापारिक क्षेत्र भएकाले सर्वसाधरणलाई ओहोर–दोहोरमा सहज हुनुपर्ने माग व्यापारीहरुको छ।

शहर क्षेत्र भएकाले  सडक शहर सुहाउँदो हुनुपर्ने व्यपारीहरुको माग रहिआएको छ। मोहनापुल अत्तरीया ६ लेन सडकको चौडाई ५० मिटरको छ। अहिले ३८ मिटरको सडक र बाँकी सडक सर्भिस लेनको लागि निर्माण भइरहेको योजना कार्यालयले जनाएको छ।

सडकको मध्य भागमा तीन मिटरको मिडियन, दुवैतर्फ सवारी साधन गुड्नका लागि जम्मा ३४ दशमलव चार मिटर सडक कालोपत्रे, कालोपत्रे पछि छेउमा रेलीङ लगाउने योजना रहेको छ।

नालीको भाग सहित दुवै तर्फ ३÷३ मिटरको फुटपाथ हुने छ। बाँकी रहेको फुटपाथ पछिको झण्डै १२ मिटरमा पनि अहिले ग्रावेल गर्ने योजना थपिएको मोहनापुल–अत्तरिया ६ लेन सडक योजना प्रमुख एसीले बताए। 
  

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस