सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई दिने लगानी पूर्वाधार सम्मेलन सुरु

। फोटो स्रोत ।
२०७६ भदौ २५, १२:३१ खबर संवाददाता

काठमाण्डौमा बुधबारदेखि दुई दिने लगानी पूर्वाधार सम्मेलन सुरु भएको छ। आयोजक नेपाल उद्योग परिसंघका अनुसार होटल हायातमा सुरु भएको सम्मेलनमा लगानी बोर्डका २१ र प्रदेशस्तरका ८२ ओटा आयोजना प्रदर्शनी गरिने छ।

गत वर्षको लगानी सम्मेलनको फलोअपको रुपमा समेत हेरिएको सम्मेलनमा सडक, सार्वजनिक यातायात, विमानस्थल, होटल तथा रिसोर्ट, जलविद्युत, कृषि लगायतका आयोजना प्रदर्शनी गरिने संघले जनाएको छ। सबै प्रदेशका मुख्यमन्त्री तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीसमेत सहभागी हुने सम्मेलनमा पूर्वाधार क्षेत्रलाई केन्द्रीत गरेर विभिन्न कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ। सम्मेलन बिहीबार सकिनेछ। 
 

कमेन्ट लोड गर्नुस