सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेपुटी गभर्नरको सहभागितामा बैँक र व्यापारीबिच धनगढीमा अन्तरक्रिया

२०७६ भदौ २५, ११:१७ कमल सावद

नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको सहभागितामा धनगढीमा व्यापारीहरुले अन्तरक्रिया गरेका छन्। बैँक र व्यापारी बिचको समस्याका बिषयमा कैलाली उद्योग वाणिज्य संघको आयोजनामा अन्तरक्रिया गरिएको हो। बैँकको ब्याजदर स्थीर नहुने भन्दै व्यापारीहरुले डेपुटी गभर्नरलाई प्रश्न गरेका थिए। 

बैँकहरुको अस्थिर ब्याजदरका कारण समस्या भएको व्यापारीहरुले बताएका छन्। उनीहरुले सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमा बैँकका शाखा विस्तारको काम भइरहेको भएपनि सुरक्षा चुनौति रहेको बताएका छन्। डेपुटी गभर्नर सिवाकोटीले व्यापारीहरुको समस्याका बिषयमा जानकार भएको बताउँदै समस्या समाधानका लागि पहल गरिरहेको बताए।

सरकारले दिने सहुलियत कर्जा लिन समेत उनले आग्रह गरे। ‘नेपाल सरकारले सात प्रकारका सहुलियत कर्जा दिने गरेको छ,’ उनले भने, ‘व्यापारी तथा कृषकहरुले सुविधा लिन सक्छन्, तर बैँकहरुले सहुलियत कर्जा नदिएको देखिएको छ।’ 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस