सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा डल्फिन महोत्सव हुने

२०७६ भदौ २४, ०६:३० खबर संवाददाता

कैलालीको टीकापुरमा डल्फिन महोत्सव हुने भएको छ। पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै डल्फिन महोत्सव हुने भएको हो। कैलाली होटल व्यवसायी संघको आयोजनमा भदौ २८ गतेदेखि ३० गते सम्म महोत्सव हुने भएको हो। डल्फिन संरक्षण, सम्वद्र्धन तथा पहिचान, पर्यटन विकासको अभियान’ भन्ने नाराका साथ डल्फिन महोत्सव गर्न लागिएको आयोजक कैलाली होटल व्यवसायी सघंले धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। 

संघका अध्यक्ष नरेन्द्र शाहीले महोत्सवमा डल्फिन अवलोकन, थारु तथा अछामी खानाको परिकार, थारु नृत्य, डेउडा प्रतियोगिता, कर्णाली नदीमा जलयात्रा लगायतको व्यवस्था रहने जानकारी दिए। महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ।

कमेन्ट लोड गर्नुस