सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाईकल चोरको बिगबिगी, दुई महिनामा २२ जना पक्राउ

२०७६ भदौ २४, ०६:१५ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मोटरसाईकल चोरी गर्ने गिरोह नै सक्रिय भएको छ। चालु आर्थिक बर्षको दुई महिना नपुग्दै दर्जनौ मोटरसाईकल धनगढीबाटै चोरी भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो दुई महिनाको अवधीमा ३१ वटा चोरीका मोटरसाईकल बरामद गरिएको छ।

‘अहिले सम्म १८ वटा मोटरसाईकलका सवारी धनी सम्पर्कमा आएका छैनन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘तीन वटा मोटरसाईकल भने सम्वन्धीत सवारी धनीलाई बुझाईएको छ।’ प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार सवारी चोरीमै ८ वटा भने मुद्धा दर्ता गरिएको छ।

नयाँ आर्थिक बर्ष सुरु भएपछि २२ जना मोटरसाईकल चोरीमा संग्लनलाई पनि पक्राउ गरिएको उनले बताए। उनले अगाडी थपे–‘मोटरसाईकल चोरीमा संग्लन थप पक्राउ परेका छन्, सवारी धनि सम्पर्कमा नआउँदा सार्वजनिक अपराधमा मुद्धा दर्ता हुन्छ, सहजै छुटेर जान्छन्।’

मोटरसाईकल चोरीमा संग्लन अधिकासं लागु औसध सेवनकर्ता रहेको समेत जिल्ला प्रहरी कार्यालय कैलालीको ठहर छ। एउटा चोरीमा संग्लनहरुको अन्य चोरीमा समेत संग्लनता भेटिन थालेको प्रहरी प्रवक्ता समेत रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। पछिल्लो समय मोटरसाईकल चोरीमा संग्लन गिरोह पक्राउ गर्न प्रहरीले सक्रियता समेत बढाएको उनले दावी गरे। 

यस्तै धनगढीमा मोटरसाईकल चोरी गरी भाग्दै गरेका तीन जना पक्राउ परेका छन्। धनगढी उप महानगरपालिका वडा नम्बर १ बस्ने त्रेस रसाईलीले घर आगनमा राखेको से ३ प ७९७२ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका ८ बाट वडा नम्वर ९ का २० बर्षीय उमेश धामी, सोही ठाउँका १९ बर्षीय बिशेष योगी र कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर २ बस्ने २० बर्षीय केशव रानालाई पक्राउ गरिएको हो। उनीहरु विरुरु चोरी मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको छ। 

कमेन्ट लोड गर्नुस