सुदूर नेपाललाई विश्वसँग जोड्दै

कालाजारबाट एक जनाको मृत्यु

२०७६ भदौ २४, ०४:५९ खबर संवाददाता

कालाजारबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी २३ वर्षीया जीवन रानाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर कृष्णप्रसाद खनालका अनुसार भैरहवाको मेडिकल कलेजमा उपचारको क्रममा कालाजारको लक्षण देखिएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो। यो क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  कालाजारको उपचार हुने गर्दछ।

वरिष्ठ फिजिसियन डाक्टर महेशराज घिमिरेका अनुसार मानिस दुब्लाउँदै जाने, रक्त अल्पता हुने, फियोे र कलेजोको आकार बढ्ने, सामान्यदेखि उच्च ज्वरो आउने, पेट फुलिने, खान मन नलाग्ने, शरीर कमजोर हुँदै जाने कालाजारका लक्षण हुन्। कालाजार लेसमानिया डोनोभानी प्यारासाइट नामक जिवाणुका कारण हुने रोग भएको डाक्टर घिमिरेले दिए।

कालाजार एक प्रकारको सेन्ट फ्लाई नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ। रोगी व्यक्तिलाई टोकेको भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा यो रोग सर्ने गर्दछ। पहिला पहिला यो रोग तराई क्षेत्रमा बसोबास गर्नेलाई मात्रै हुने गरे पनि पछिल्लो समयमा पहाडी र उच्च हिमाली क्षेत्रमा समेत देखिन थालेको छ।
 

कमेन्ट लोड गर्नुस