सुनको भाउ घट्यो

खवर संवाददाता
२०७६ भदौ २४, ०४:३४
अ+

मगंलबार सुनको भाउ घटेको छ। नेपाली सुनचाँदीको बजारमा मंगलबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेकोछ। तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।