सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चक्कु देखाएर चोरी गर्ने एक जना पक्राउ

२०७६ भदौ २४, ०२:५६ खबर संवाददाता

धनगढीमा चक्कु देखाएर चोरी गर्ने एक जना पक्राउ परेका छन्। धनगढी वडा नम्वर १९ का करन रानालाई प्रहरीले पक्राउ गरेको हो। उनले चोरी गरेको मोबाईल २ र नगद एक हजार ६ सय र चक्कु सहित उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित चयन चौधरीको घर कोठामा टर्च लाईट बाली चोरी गरी रहेको अवस्थमा घर परिवारका सदस्यले थाहा पाउदा धारिलो हतियार चक्कु देखाई चोरी गरेका थिए। चौधरीलाई चक्कु प्रहार गर्दा घाईते समेत बनाएका थिए। 

उनी विरुद्ध चोरी शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस