सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

२०७६ भदौ २४, १२:५३ खबर संवाददाता

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा निगमले तीन ईन्धनको मुल्य २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले बताए। नयाँ मूल्य लागू भएसँगै पेट्रोलको एक सय ७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ। यसअघि पेट्रोलको मूल्य एक सय ९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो।

समायोजन भएको नयाँ मूल्य मगंलबार १२ बजेबाट लागू भएको निगमका कार्यकारी प्रमुख  पौडेलले बताए। नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन केही बेरमा उदघाटन गर्ने कार्यक्रम रहेको छ।

 

कमेन्ट लोड गर्नुस