सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विप्लवका दुई विद्यार्थी नेता पक्राउ

२०७६ भदौ २३, ०४:४२ खबर संवाददाता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका २ जनालाई बैतडीबाट प्रहरीले पक्राउ गरेको छ। अखिल क्रान्तीकारीका नेताहरु ध्वनी धामी र खगराज नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। दुबैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्वर ६ धौलिढुंगास्थित लटिनाथ आधारभुत विद्यालयवाट नियन्त्रणमा लिएको हो।

उक्त विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए। थप अनुसन्धानका लागि बैतडी जिल्ला अदालतवाट १० दिनको म्याद थप गरिएको उनले बताए। 

यसैबिच पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुठो मुद्दामा फसाउन खाजेको भन्दै अखिल क्रान्तिकारी सेति–महाकाली क्षेत्रीय समन्वय समितिले आपत्ती जनाएको छ। समितिका संयोजक विरेन्द्र शाहले सोमवार एक विज्ञप्ती जारी गर्दै बिना सर्त रिहाइ गर्न माग गरेका छन्।
 

कमेन्ट लोड गर्नुस