सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानाडाका सिटि बसमा खप्तड र बडिमालिकाको प्रचार

२०७६ भदौ २३, ०६:४९ खबर संवाददाता

क्यानाडा-क्यानाडाका सिटि बसमा सुदूरपश्चिम सहित नेपालका महत्वपूर्ण पर्यटकीय स्थलकातस्विरहरु राखीप्रचार प्रसार थालिएको छ। नेपालपर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनको अगुवाई तथा नेपाल र क्यानाडामा रहेका विभिन्न संघ संस्थाको सहकार्यमा सो अभियान थालिएको हो।

मिसिसागाका  १० वटा सार्वजनिक बसमा नेपालको सर्वोच्चशिखर सगरमाथा, पशुपतिनाथ, लुम्विनी, पोखरा,  नेपालकी जीवित देवीकुमारी, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका पर्यटकीय गन्तव्य स्थलहरु राखिएका छन्।

दुई महिना सम्म मिसासागा, टोरन्टो, ब्रहामटन लगायतका सहरमा यसरी प्रचार प्रसार गरिने मानार्थ प्रतिनिधि टण्डनले बताए। शनिवार क्यानाडाको मिसिसागा रिभरवड पार्कमा नेपाल झल्काउने तस्विर अंकित सिटि बस ल्याई पञ्चकन्याका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि मिसिसागाका सांसद दीपक आनन्दले सिटि बसको प्रचारप्रसारले भ्रमण वर्षलाई सघाउ पुर्याउने बताए। आफू पनि भिजिट नेपाल २०२० का बीच सपरिवार नेपाल जाने बताउँदै उनले अरु क्यानाडीयन पर्यटकहरुलाई पनि नेपाल जान आग्रह गरेका छन्।

नेपाल पर्यटन बोर्डको समन्वयमा, क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मंच, टिपिएन नेपाल, गोइङ्ग नेपाल, एभिन्यूजखबर सुदूरपश्चिमप्रदेश ब्यूरो कार्यालयको सहकार्यमा यसरी पर्यटन प्रवद्र्धनको प्रचार प्रसार सुरु गरिएको हो।

क्यानाडाका सार्वजनिक बसमा भिजिट नेपालको लागो सहित सुन्दर पर्यकीय स्थलहरुको फोटो देख्दा क्यानेडियन नागरिकहरु नेपालका वारेमा सोध्नथ ालेका छन्। क्यानाडामा रहेका गैरआवासीय नेपालीहरुले यो अभियानको पं्रससा गरेका छन्।

विश्वमा नेपाल चिनाउने अभियन्ताका रुपमा चिनिने क्यानेडियन नेपाली नरबहादुर टण्डनले व्यक्तिगत रुपमा करिव १६ लाख बढी रुपैया खर्चेर यो अभियान थालेका हुन्। क्यानाडा तथा अमेरिकामा नेपाल भ्रमण वर्षको तीव्र प्रचार प्रसार गर्न टण्डनले सवैलाई अनुरोध गरेका छन्। 

प्रचार प्रसारका लागि क्यानाडा पुगेका पत्रकार हिक्मत रावलले क्यानाडामा थालिएको प्रचारले क्यानेडिन तथा अमेरिकी नागरिकलाई नेपाल जान लोभ्याउने बताए। 

कमेन्ट लोड गर्नुस