सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तान : आत्मघाती बम विष्फोटमा ज्यान गुमाएका दुई नेपालीको शव ल्याउन पहल

। फोटो स्रोत ।
२०७६ भदौ २२, ०४:२६ खबर संवाददाता

नेपाल सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले अफगानिस्तानमा बम बिस्फोटमा ज्यान गुमाएका दुई जना नेपालीको शव ल्याउन पहल गरेका छन्। 

भाद्र १६ गते तीजको दिन राति अmगानिस्तानको राजधानी काबुलमा ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा चितवनको भरतपुर नगरपालिका वडा नम्बर २१ का कृष्ण बहादुर थापा र रोल्पाका चन्द्र पुनको ज्यान गएको थियो।

नेकपा अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेको मृतक थापा परिवार स्रोतले जनाएको छ।

दाहालको टेलिफोनलगत्तै शनिबार उनीहरूको मृत्युको प्रमाणपत्र आएको, सोमबार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको जनाइएको छ। परिवार स्रोतका अनुसार ‘गार्दा वर्ल्ड’ नामक क्यानडेली सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए। 
 

कमेन्ट लोड गर्नुस