सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मेला हेर्न निःशुल्क बस सेवा

२०८३ साउन ७, १२:४२ खबर संवाददाता

बैतडीः बैतडीको त्रिपुरासुन्दरीमा लाग्ने मेला(जात)का लागि यहाँका एक स्थानीय युवाले निःशुल्क बस र हाइस सञ्चालन गरेका छन्।

दशरथचन्द नगरपालिका–४ भट्टीगाउँ बस्ने युवा एसपी भट्टले साउन ७ गते दिनभरीका लागि सु.प.प्र ०१००१ ख ३८७९ नम्बरको बस र सु.प.प्र ०२००१ज ५३४ नम्बरको हाइस निःशुल्क सञ्चालन गरेका हुन्।

उनले सतबाँझ, देहिमाण्डौं, जोशीबुङ्गा, गोठालापानी हुँदै त्रिपुरासुन्दरी र झुलाघाँटबाट त्रिपुरासुन्दरी हुँदै गोठालापानी, देहिमाण्डौं, सतबाँझसम्म निःशुल्क यातायात सञ्चालन गरेको बताए। ३० बर्षीय समाजसेवी युवा भट्ट भक्तजनहरुलाई सहज होस भनेर निःशुल्क बस र हाइस सञ्चालन गरेको बताए।

कमेन्ट लोड गर्नुस