सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ पाँच सय रुपयाँले घट्यो

२०७६ भदौ २२, ०१:५६ खबर संवाददाता

आइतबार सुनचाँदीको भाउ घटेको छ। सुन आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार एकैदिन तोलामा १४ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेको हो।

यस्तै चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ। गत शुक्रबार चाँदी तोलामा ४० रुपैयाँ घटेको थियो।

कमेन्ट लोड गर्नुस