सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीन जनाको अवस्था गम्भीर

२०८३ साउन ६, ०३:१५ खबर संवाददाता

सुर्खेत: सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्लाको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमै पल्टिएको हो।

प्रहरीका अनुसार गुर्भाकोट नगरपालिका–१३ निवासी ४३ वर्षीय गगन थापाले चलाएको गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा चालक सकुशल रहेका छन् भने अन्य १९ जना घाइते भएका हुन्।

घाइतेमध्ये गणेश वली, ५ वर्षीय रियाज शाही र भावना राईको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण यसप्रकार छः

गणेश वली (४०) – टाउकोमा चोट, अवस्था गम्भीर
ममता पुन (२३) – सामान्य
रियाज शाही (५) – टाउकोमा चोट, अवस्था गम्भीर
विष्णु माया सुनार (४५) – टाउकोमा चोट, अवस्था मध्यम
प्रविन सुनार (१०) – टाउकोमा चोट, अवस्था मध्यम
भावना राई (३९) – टाउकोमा चोट, अवस्था गम्भीर
प्रज्वल राई (२) – ढाडमा चोट, अवस्था सामान्य
जैसरा बुढा (३२) – टाउको र मुखमा चोट, अवस्था मध्यम
भुमिसरा खड्का (६०) – दायाँ खुट्टामा चोट, अवस्था मध्यम
उदयराम भुजेल (४२) – टाउको र ढाडमा चोट, अवस्था मध्यम
धनमाया भुजेल (४५) – बाहिरी चोट नदेखिएको, अवस्था मध्यम
टिका खत्री (३२) – दायाँ हातमा चोट, अवस्था सामान्य
भिमबहादुर थापा (६०) – बायाँ हातमा चोट, अवस्था मध्यम
तुलसरा सुनार (५५) – दायाँ हात र ढाडमा चोट, अवस्था मध्यम
सक्षम बुढा (१२) – टाउको र खुट्टामा चोट, अवस्था मध्यम
प्रिति गुरुङ (१५) – टाउकोमा चोट, अवस्था सामान्य
शान्ता खत्री (३०) – शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम
भावना आले (१७) – हातमा चोट, अवस्था सामान्य
मनिषा थापा (३०) – घाँटी र दायाँ हातमा चोट, अवस्था मध्यम

घाइतेहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँ, कर्णाली केयर अस्पताल, माया अस्पताल र मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ भने चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस