सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई पुरुष मृत फेला

२०८३ साउन ६, ०१:२४ रासस

दाङ: दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुई पुरुष मृत अवस्थामा फेला परेका छन्।

स्थानीयवासीले ट्याङ्कीभित्र दुई जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान हालसम्म खुलेको छैन। शवलाई ट्याङ्कीबाट निकालेर पोस्टमार्टम तथा पहिचानका लागि पठाउने तयारी भइरहेको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस