सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली किनारमा एक जना मृत फेला

२०७६ भदौ २२, १२:१८ खबर संवाददाता

कैलाली स्थित कर्णाली नदीको किनारमा एक जना मृत फेला परेका छन्। लम्कीचुहा नगरपालिका वडा नम्वर ५ का ७० बर्षीय लिलाराम ओझाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनको जानकी गाउँपालिका ९ कर्णाली किनार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए। शव पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाईएको छ। उनको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस