डेंगुबाट एक जनाको मृत्यु

खवर संवाददाता
२०७६ भदौ २२, ०९:३५
अ+

रुपन्देहीमा डेंगुबाट एक जनाको मृत्यु भएको छ। कपिलवस्तुको बाणगंगा–७  मोतिपुरमा ६१ वर्षीया सावित्रा आचार्यको डेंगुबाट मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार बेलुका मृत्यु भएको बताइएको छ। उनलाई एक्कासी ज्वरो आएपछि ३  दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो।