धनगढीमा अनलाइन गेमिङ खेलाएको आरोपमा एक जना पक्राउ
२०८३ साउन ४, ०९:५५
धनगढीः कैलाली प्रहरीले अनलाइन गेमिङ खेलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ का ३६ वर्षीय महेश बोगटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
उनकाअनुसार बोगटीलाई आइतबार राति पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस