सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

२०८३ साउन ४, ०९:४४ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका २ लाख ५८ हजार २३० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले आइतबार जोशीपुर गाउँपालिका–४ खर्चवा स्थित हसनापुर र कैलारी गाउँपालिका–५ गोबरेला घाट क्षेत्रमा बेवारिसे अवस्थामा रहेका १ लाख ४७ हजार ८३० रुपैयाँ बराबरका चिनी, बिडी, सुर्ती, प्लास्टिकका चम्चा, सुटपिस, प्लास्टिक झिल्ली लगायतका सामान बरामद गरी नियन्त्रणमा लिएको हो।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ गड्डाचौकी र शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर क्षेत्रमा बेवारिसे अवस्थामा रहेका १ लाख १० हजार ४०० रुपैयाँ बराबरका चिनी, मिश्री, दाल, प्लास्टिक झिल्ली तथा किराना सामग्री बरामद गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस