सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकाको भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

२०८३ साउन ३, ०३:०९ खबर संवाददाता

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्।

प्रचण्ड जुलाई १५ मा श्रीलंका गएका थिए। भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए।

उद्घाटन सत्रमा उनले विश्व शक्ति सन्तुलनमा आएको परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनका अनुभव तथा २१औँ शताब्दीको समाजवादबारे धारणा राखेका थिए। समापन सत्रमा उनले एसियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र प्रगतिशील शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
 

कमेन्ट लोड गर्नुस