कञ्चनपुरमा अपेनको जिल्ला समिति गठन
कञ्चनपुरः प्रारम्भिक बाल शिक्षा क्षेत्रमा क्रियाशील एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स (अपेन) ले कञ्चनपुरमा जिल्ला समिति गठन गरेको छ।
नवगठित समितिको जिल्ला संयोजकमा सरस्वती चन्दा भट्ट चयन भएकी छन्। समितिको उपाध्यक्षमा किरन विष्ट, सचिवमा शितल पाण्डेय, कोषाध्यक्षमा बामा ओझा चटौत र सदस्यमा लक्ष्मी भट्ट, टिकेश्वरी जोशी, सावित्री भट्ट तथा निर्मला जोशी चयन भएका छन्। समिति गठनसँगै कञ्चनपुर जिल्लामा अपेनको संगठन विस्तारले गति लिएको छ।
अपेन सुदूरपश्चिम प्रदेशका अनुसार नवगठित समितिले प्रारम्भिक बाल शिक्षाको गुणस्तर अभिवृद्धि, मन्टेसरी शिक्षाको प्रवर्द्धन, शिक्षकहरूको क्षमता विकास, विद्यालयबीच समन्वय तथा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रदेशभर अपेनको संगठनलाई थप सुदृढ बनाउने अभियानअन्तर्गत कञ्चनपुरमा जिल्ला समिति गठन गरिएको जनाइएको छ।