फेसबुकमा विश्वव्यापी समस्या, ब्राउजर संस्करण केही समयका लागि डाउन
धनगढी: आइतबार अपराह्न फेसबुकको ब्राउजर संस्करणमा प्राविधिक समस्या देखिएपछि धेरै प्रयोगकर्ताले सेवा प्रयोग गर्न सकेनन्।
फेसबुकले प्रयोगकर्तालाई देखाएको सूचनामा भनिएको छ, “एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस्।”
यस्तै, डाउनडिटेक्टर वेबसाइटका अनुसार आइतबार दिउँसो करिब १:३० बजेदेखि ‘फेसबुक डाउन’ सम्बन्धी रिपोर्ट र खोजीको संख्या एक्कासि बढेको देखिएको छ, जसले व्यापक रूपमा सेवा प्रभावित भएको संकेत गरेको छ।