सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा साढे पाँच हजार लघु उद्योग निष्क्रीय

२०७६ भदौ २१, ०६:४३ कमल सावद

सुदूरपश्चिम प्रदेशमा दर्ता भएका साढे पाँच हजार लघु उद्योग निष्क्रीय रहेको पाईएको छ। प्रदेशमा दर्ता  भएका २० हजार ८६ लघु उद्योग मध्ये साढे पाँच हजार निष्क्रीय रहेको पाईएको हो। प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेशका साढे पाँच हजार लघु उद्योग निष्क्रीय अवस्थामा छन्। 

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा २० हजार ८६ लघु उद्योगहरु अहिले सम्म दर्ता भएका छन्।  तर २० हजार ८६ मा पाँच हजार पाँच सय ११ उद्योगको अवस्थाका बारेमा मन्त्रालय बेखबर रहेको छ। १५ हजार दुई सय लघु उद्योगले नविकरण गरेका हुँदा उनीहरु सक्रिय भएको मन्त्रालयको दावी छ। 
तर उनीहरुको अवस्थाको बारेमा भने प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बेखबर छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उद्योग तथा पर्यटन प्रवद्र्धन महाशाखा प्रमुख भोजराज पाठकले कार्यविधि नभएकाले कार्यक्रम कार्यान्वयन गर्न नसकिएको बताए। ‘निष्क्रीय उद्योगलाई सकृय बनाउने कार्यक्रम छ,’ उनले भने, ‘तर कार्यान्यनका लागि कार्यविधि छैन्, कार्यविधि आएपछि मात्र काम हुन्छ।’

घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा मात्रै अहिले सम्म सात हजार पाँच सय ७४ उद्योग दर्ता भएका छन्। ती मध्ये ८६ उद्योगले अहिले सम्म नविकरण नगरेका पाईएको छ। तर घरेलु तथा साना उद्योग कार्यालय नविकरण गरेका उद्योगको अवस्थाका बारेमा पनि बेखबर छ। ‘नविकरण गरेका पनि उद्योगहरु निष्क्रीय हुन सक्छन्,’ घरेलु तथा साना उद्योग कार्यालय धनगढीका प्रमुख नवराज भट्टले भने, ‘हामी संग उद्योगको अवस्थाको विषया एकिन जानकारी छैन्।’

सुदूरपश्चिम प्रदेशमा ठुला उद्योग एक सय सात, उत्पादन मुलक चार हजार छ सय २६,  उर्जा मुलक छ,  कृषि र वनका छ हजार दुई सय ७७, सेवाका नौ हजार आँठ सय ६१, निर्माणका एक सय ६२, पर्यटन उद्योग तथा होटलहरु एक हजार सात सय ३१ रहेका छन्।  
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस