सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्यायको खोजीमा गणेश नेपालीका परिवार

प्रहरीमा जाहेरी दिने तयारी

। फोटो स्रोत ।
२०८३ असार २९, १२:२६ खबर संवाददाता

काठमाडौं– आत्मदाह गरेका गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।

नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी दर्ता गरेर प्रक्रिया अघि बढाइने बताए । 

आइतबार मात्रै नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो । महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्षदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरुलाई छाडेको हो ।

यो घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ ।

 

कमेन्ट लोड गर्नुस