सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ शुक्रबार तोलाको १४ सयले घट्यो

२०७६ भदौ २०, ०२:२४ खबर संवाददाता

शुक्रबार सुनको भाउ तोलाको १४ सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज सुन तोलाको एक हजार ४ सय र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ। 

स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य ७२ हजार कायम गरिएको छ। बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो। बिहीबार पनि छापावाल सुन प्रतितोला १ सयले घटेको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको छ। बिहीबार तेजाबी सुन प्रतितोला ७३ हजार १ सयमा कारोवार भएको थियो। यस्तै चाँदीको मूल्य रु ९०० कायम गरिएको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा खरीदबिक्री भएको थियो।
 

कमेन्ट लोड गर्नुस