सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कार र झण्डै ३० लाख रकम सहित भारतीय नागरिक पक्राउ

२०७६ भदौ २०, ०१:५१ खबर संवाददाता

धनगढीमा झण्डै ३० लाख अवैध रकम सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले भारतबाट धनगढी आउने क्रममा गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको २५ लाख नेपाली र तीन लाख भारतीय रुपैया समेत गरेर २९ लाख ८० हजार नगद सहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जनाएको छ।

बर्माले युपी ३१ एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम बरामद गरी पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।  यस्तै उनको साथबाट विभिन्न बैँकका छ वटा एटीएम कार्ड समेत बरामद गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

बर्माले धनगढीमा सुनचाँदी व्यवसाय समेत गर्दै आएको प्रारम्भीक अनुसन्धानबाट खुलेपनि घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस