सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योग वाणिज्य संघ कैलालीद्धारा दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग

२०७६ भदौ २०, १२:५५ खबर संवाददाता

उद्योग वाणिज्य संघ कैलालीले सडक मानवलाई आश्रय दिदै आएको दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग प्रदान गरेको छ। उद्योग वाण्ज्यि संघले सामाजिक दायित्व अन्तरगत सडक मानवलाई आश्रय दिदै आएको दृष्टिफाउण्डेसनलाई १५ हजार आर्थिक सहयोग प्रदान गरेको जनाएको छ।

संघका सचिव सिद्धराज पनेरुले बीहिबार साँझ १५ हजारको चेक फाउण्डेसनकी सञ्चालक कल्पना भट्टलाई हस्तान्त्रण गरेका हुन्। यसअघि सडक मानवलाई नै आश्रय दिदै आएको मानव सेवा आश्रम धनगढीलाई पनि वाणिज्य संघले आर्थिक सहयोग स्वरुप ११ हजार हस्तान्तरण गरेको थियो। 

कमेन्ट लोड गर्नुस