सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपीएल तेस्रो संस्करणका लागि आज खेलाडी अक्सन, १५५ खेलाडी सर्टलिस्टमा

२०८३ असार २२, ०१:५८ खबर संवाददाता

धनगढी: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज काठमाडौंमा हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

क्यानका अनुसार प्रारम्भिक रूपमा नाम दर्ता गराएका ३४७ खेलाडीमध्येबाट छनोट गरी १५५ जनालाई अन्तिम सर्टलिस्टमा समावेश गरिएको छ। तीमध्ये क्याटेगोरी ‘ए’ मा ५, क्याटेगोरी ‘बी’ मा २७ र क्याटेगोरी ‘सी’ मा १२३ जना खेलाडी रहेका छन्।

अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले कुल ५२ जना खेलाडी अनुबन्ध गर्नेछन्। यसपटक लागू गरिएको नयाँ नियमअनुसार प्रत्येक टोलीमा मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीसहित कुल १४ जना नेपाली खेलाडी रहने व्यवस्था गरिएको छ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार अक्सन प्रक्रिया निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ।
 

कमेन्ट लोड गर्नुस