सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युतीय कार्डबाट पैसा तिर्दा थप शुल्क लिन नपाइने

२०७६ भदौ २०, ०७:३७ खबर संवाददाता

विद्युतीय कार्डबाट भुक्तानी गर्दा अबदेखि कुनै पनि अतिरिक्त शुल्क  लिन नपाइने भएको छ। नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले प्वाइन्ट अफ सेल मेसिनमार्फत कारोबार गर्दा डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसललगायतका मर्चेन्टहरुबाट भुक्तानी गर्दा पैसा  नलिन सूचना जारी गरेको हो। कुनै मर्चेन्टले कारोबार रकमबाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिदसहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्न पनि राष्ट्रबैंकले अनुरोध गरेको छ। 
 

कमेन्ट लोड गर्नुस