सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोगेनी जाँतमा साझा पार्टीद्वारा सर्वत वितरण

२०७६ भदौ १९, ०७:०८ खबर संवाददाता

डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर २ मा लागेको जोगेनी जाँतका अवसरमा साझा पार्टीले श्रद्धालु भक्तजनहरुको सहजताका लागि भन्दै अस्थायी शौचालय सञ्चालन गरेको छ। यस्तै सोही मेलामा सर्वत समेत वितरण गरिएको छ। साझा पार्टी डडेल्धुराको पहलमा विभिन्न दानदाताबाट संकलन भएको रकमबाट श्रद्धालु भक्तजनहरुका लागि शौचालय सञ्चालन र सर्वत वितरण गरिएको साझा पार्टी डडेल्धुराका संयोजक लवराज चटौतले जानकारी दिए। तीन वर्षपछि आज ‘जोगेनी जाँत’ लागेको हो। परापूर्व कालदेखि नै हरेक तीन–तीन वर्षमा गौरा पर्वपछि लाग्ने जोगेनी जाँत आज धुमधामका साथ मनाईन लागेको हो। 

कमेन्ट लोड गर्नुस