सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको रुपालमा तीन वर्ष पछि जोगेनी जाँत

२०७६ भदौ १९, ०७:०६ खबर संवाददाता

डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर २ मा तीन वर्षपछि फेरी आज ‘जोगेनी जाँत’ मनाईदैछ। परापूर्व कालदेखि नै हरेक तीन–तीन वर्षमा गौरा पर्वपछि लाग्ने जोगेनी जाँत आज धुमधामका साथ मनाईन लागेको हो। चौंसठ्ठी माताको रुपमा लिईने जाँतमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट जात्रा भर्न भक्तजनहरु भागेश्वर आउने गर्दछन्।

तल्लो र उपल्लो जाती भनेर भेदभाव समेत नहुने यो जाँतमा किरिया बसेका व्यक्ति सहित महिलाहरुले रजस्वला भएको समयमा समेत दर्शन गर्न पाउने परम्परा रहेको छ। जोगेनी जाँतमा दलित समुदायकै पुजारीले पुर्जाअर्चना लगाउने चलन समेत रही आएको छ। 
 

कमेन्ट लोड गर्नुस