सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा नवजीवन अस्पताल सम्मानित

२०८३ असार १८, ०४:१३ खबर संवाददाता

धनगढी: युवा, श्रम तथा रोजगार मन्त्रालयले धनगढीको नवजीवन अस्पताललाई सम्मान गरेको छ। मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेश अन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गरेको भन्दै नवजीवन अस्पताललाई सम्मानित गरेको हो।

काठमाडौँमा बिहीबार सम्पन्न कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र खठायतलाई सम्मान-पत्र हस्तान्तरण गरेका हुन्।

कमेन्ट लोड गर्नुस