देशभर मनसुनी वायुको प्रभावः यी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतया बादल लागेको छ।
हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका साथै देशको पहाडी भू–भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ।
बिहीबार देशको हिमाली र पहाडी भू–भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भू–भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
मधेस प्रदेश र कोशी प्रदेश तराईको एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।