सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीमा कल्भर्ट निर्माण अधुरै, ८ लाख भुक्तानी

२०७६ भदौ १९, ०४:३६ कमल सावद

कैलालीको घोडाघोडीमा कल्भर्टको निर्माण अधुरै भएपनि पूर्ण बजेट भुक्तानी दिईएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ चित्तलपुरमा कल्भर्टको निर्माण अधुरै रहेपनि प्रदेश सरकारले ८ लाख भुक्तानी दिएको हो। 

‘कल्भर्ट निर्माणमा आर्थिक हिनामिना भएको छ,’ सुख्खडका लक्ष्मण शाहीले भने, प्रदेश सरकारको बजेटमा उपभोक्ता समितिले पुराना कल्भर्टमा नयाँ कल्भर्ट जोडेर रकम हिनामिना भएको हो।’ उक्त कल्भर्ट निर्माणका लागि बढिमा एक लाख ५० हजार खर्च लाग्ने उनले बताए। 

घोडाघोडी नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरिराज विष्टले कल्भर्ट निर्माणमा वडासंग समन्वय नभएको बताए। उपभोक्ता समिति गठन र प्रदेश सरकारले विनियोजन गरेको रकमको बारेमा जानकारी नभएको वडा अध्यक्ष विष्टले बताए। उक्त नालामा साविक साढेपानी गाविसले कल्भर्ट निर्माण गरेको थियो। 

उपभोक्ता समितिका अध्यक्ष दानबहादुर विष्टलाई फोनमा सम्पर्क भएन्। प्रदेश सभा सदस्य अम्मरवहादुर साउँदले पुरानो कल्भर्ट भत्काएर नयाँ कल्भर्ट निर्माणका लागि वजेट विनियोज गरेको बताए। तर कार्यान्वयन गर्ने पूर्वाधार विकास कार्यालय धनगढीले स्टीमेट बनाएको बताए।

यता पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख श्याम खड्काले स्टीमेट अनुसारको काम भएको बताए। ‘एक कल्भर्ट निर्माणका लागि २०÷२२ लाख सम्म खर्च हुन्छ,’ उनले भने, ‘८ लाख मात्र विनियोजन गरिएको थियो, सोही रकमले कल्भर्टको काम भएको हो।’ जोडिएको भएपनि कल्भर्ट बलियो छ।’ 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस