सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी हुँ भन्दै पैसा माग्ने दुई जना पक्राउ

२०७६ भदौ १९, ०८:०६ खबर संवाददाता

प्रहरी हुँ भन्दै धम्की दिदैं पैसा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धम्की दिएको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँको हल चोकबाट ताप्लेजुङका हिमाल लिम्बू र तेह्रथुमका भक्तबहादुर लिम्बूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताएका हुन्।

उनीहरुले महाशाखाको प्रहरी सहायक निरीक्षक र हवल्दार भएको भन्दै काठमाडौँको स्वयम्भूका २६ वर्षीय धर्मगुरु आनान्दा छोरातेसँग दुई लाख रकम मागेका थिए। उनीहरु हाल सामाखुसीमा बस्दै आएको खुलेको छ। उनीहरुलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको थापाले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस