सुदूर नेपाललाई विश्वसँग जोड्दै

पक्की घरमा सरे चैनपुरका बादी परिवार

२०७६ भदौ १९, ०७:०४ डीवि विष्ट

स–साना टिनका  झुपडी, पानी पर्ना साथ ओत लाग्न समेत ठाँउ नहुने,  जताततै फोहोर। पुस्तौदेखी सेती नदी र बाहुली खोलाको दुषित पानी पिउन पर्ने बाध्यता, एक छाकको जोहो गर्न समेत धौ–धौ। यो सबै अबस्था, समस्या अभाव हो सदरमु्काम चैनपुरमा रहेका बादी समुदायको।

अहिले यो समुदायले धेरै कुराको मुक्ती पाएका छन्। पक्की घरमा बस्ने कल्पना सम्म नगरेका बादी समुदायका अहिले पक्की घरहरु ठडिएका छन्। शौचालय छ, खानेपानीका धारा अलग–अलग छन्। कार्पेट र खटिया लगाईएका कोठाहरुमा ग्यास चुल्ला र पंखाहरु छन्।

 

आगन सफा चिटिक्क सहित उज्यालोले बस्ती झलमल्ल छ। सदमुकाम चैनपुर बादीटोलकी राधा बादीले भनिन्, “हाम्रा दुःखका दिन गएको भान हामीलाई भएको छ।  सरकारको जनता आवास कार्यक्रमबाट घर निर्माण गरेपनि अन्य ब्यबस्था जयपृथ्वी नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष दल बहादुर बिष्टले गरि दिएपछी बादी समुदायको मुक्तिको ढोका खुलेको छ।’ अहिले दुई पक्की भवनका १६  कोठामा ८ परिवार बस्दै आएका छन्। बाँकी रहेका चार परिवारका लागी यस बर्ष आठ कोठाको पक्की घर निर्माण हुने छ। 

 

जनता आवासबाट निर्माण भएका घरमा बादीहरु बस्न थालेपछी बादीहरुको घर भित्र ओड्ने ओच्छयाउने खटिया, ग्यास चुलो र पानीको धारा नभए पछी वडा अध्यक्ष बिष्टले सहयोग गरेका हुन्। ‘घर निर्माणका लागी नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत १८ लाख ३६ हजार रकम उपलब्ध भएको थियो,’ वडा अध्यक्ष बिष्टले भने, ‘जनता आवासको रकमले सामान्य घर बन्ने भएकोले थप आफ्नो ब्यक्तीगत लगानी १३ लाख ३२ हजार लगाएर अन्य ब्यावस्था गरेको छु।’ 

उनले बादीहरुको दशैं खर्चका लागी भनेर नगद २० हजार र अन्य बादी टोलसँगै जोडिएका दलित समुदायलाई पनि तीन हजारका दरले दशैं खर्च सहित सिरक, डस्ना बितरण गरेका छन्। बादीको मुक्तिका लागी वडा अध्यक्षको पहल देखेर बादी बस्तीमा खानेपानीको समस्या देख्दा तत्कालिन प्रमुख जिल्ला अधिकार सुरेश सुनारले तीन क्वाइल पाइप सहयोग गरेपछी वडा अध्यक्ष बिष्टले आफ्नो घरमा भएको नीजि पानीको धाराबाट बादी बस्तीमा  निशुल्क रुपमा पानी धारा जोडेका छन्। 

 

पानीको धारा विष्टले आफ्ना बुवा लाल बहादुर विष्टबाट उद्घाटन गर्न लगाएका थिए। फोहोर पानीका कारण आफुहरुलाई दिनहुँ जसो पखाला,रुघाखोजी जस्ता रोगको सिकार हुनु परेको थियो, प्रमीला बादीले भनिन्, उक्त समस्या बाट समेत छुटकारा पाईएको छ। 

बझाङ्गी राजाहरुको साथमा भारतको पिथौलीगडबाट आएका चैनपुरका बादीहरुको घर लगाएको ३० वर्गमिर जमिन बाहेक अरु कुनै सम्पति समेत छैन्। सदरमुकाम चैनपुरमा १७ परिबार बादी बस्दै आएका छन्।

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस