सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सेती नदीमा फसेका तीन गाईको उद्धार

। फोटो स्रोत ।
२०७६ भदौ १८, ०५:३१ खबर संवाददाता

डोटीमा सेती नदीको चट्टानमा पसेका तीन वटा गईको उद्धार गरिएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर–४, पिपल्ला नजिकै रहेको सेती नदीको चट्टानबाट उद्धार गरिएका  गाईलाई संरक्षणका लागि दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको छ। 

ती गाइलाई  गाईलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा मंगलबार उद्धार गरी सुरक्षित ठाउँमा निकालिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। उनले सडकमा छोडिएका गाईहरु जानीजानी भिरमा कैले धकेलेको हुन सक्ने बताए। यसरी गाई फाल्नेलाई कारबाही गर्न आदेश दिएको समेत बताए।

गाई फसेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको दिपायलमा रहेको ३६ नम्बर गणको टोली तथा स्थानीय बासिन्दासहितको टोलीले गाईको सकुशल उद्धार गरेको थियो।

त्यस्तै उद्धार गरिएका गाईमध्ये केही दूधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेको बताइएको छ। पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरु जम्मा गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। गाई कसरी बगेका हुन् भन्ने बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताए।
 

कमेन्ट लोड गर्नुस