सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका व्यवसायी भण्डारी पाँच दिनदेखि वेपत्ता

२०७६ भदौ १८, ०४:५४ खबर संवाददाता

धनगढीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एकजना पाँच दिनदेखि वेपत्ता भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ चटकपुरमा रहेको भण्डारी होटलका सञ्चालक अन्दाजी ३२ वर्षीय विरेन्द्र भण्डारी पाँच दिनदेखि वेपत्ता भएका हुन्। भण्डारीसँगै साझेदारीमा व्यवसाय गर्दै आएका उनका दाई नाता पर्ने गम्भीर भण्डारीले भदौँ १३ गते दिउँसो साढे तीन बजेदेखि वेपत्ता भएको बताए।

धनगढीबाट भारतको मुम्वई जान्छु भनी हिडेका भण्डारी सम्पर्क विहिन भएको उनले जानकारी दिए। आठ महिना पहिले मात्र धनगढी फर्केर व्यवसाय थालेका भण्डारी यसअघि चार वर्ष देखि मुम्बईको एक होटलमा काम गर्दै आएकोमा सञ्चय कोषको रकम झिक्न भारत जान्छु भनी हिडेको उनले बताए। तर भदौँ १३ गते राति साढे ९ बजे सम्म भण्डारीको फोन लागिरहेको भएपनि नउठेको उनले बताए।

उनको परिवारले भण्डारीलाई देख्ने व्यक्तिलाई नजिकको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गरेको छ। यस्तै वेपत्ता भएका व्यवसायी भण्डारीका दाजु समेत रहेका गम्भीर भण्डारीले उनको खोजिका लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दर्ता गरेका छन्।

मंगलबार भण्डारीको खोजीका लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गरेको उनले बताए। यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले निवेदनका आधारमा वेपत्ता भएका भण्डारीको खोजी कार्य जारी राखिएको जानकारी दिए तर हाल सम्म कुनै पत्तो भने नलागेको उनको भनाई रहेको छ। 
 

कमेन्ट लोड गर्नुस