सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो, तोलाको साढे ७३ हजार रुपैयाँ

२०७६ भदौ १८, ०२:३६ खबर संवाददाता

बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ।मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय तथा तेजावी ७२ हजार २ सय थियो। गत भदौ ९ गते पनि सुनको मूल्य आजकै बराबर थियो।

तीजको केही दिन पहिले बिस्तारै घट्न थालेको सुनको मूल्य बुधबार पुनः बढेको हो। भदौ १३ र १५ गते सुनको मूल्य घटेको थियो। बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँमा कारोबार भएको छ। मंगलबार चाँदीको प्रतितोला मूल्य ८९५ रुपैयाँ तोकिएको थियो।

पछिल्लो दुई महिनामा चाँदीको मूल्य भने सबैभन्दा उच्च भएको सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए। सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि बिक्री ठप्प भएको उनले बताए। नेपालभर करिब १७ हजार हाराहारी सुनचाँदी पसल रहेको अनुमान गरिन्छ।
 

कमेन्ट लोड गर्नुस