कैलालीमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु

२०७६ भदौ १८, ०१:५९
कैलालीमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। जिल्लाको चुरे गाँउपालिका वडा नम्बर ६ धप्रेनीमा टिप्पर दुर्घटना हुदाँ चुरे गाँउपालिका वडा नम्बर ६ का ३० वर्षिय नरेन्द्र थापाको मुत्यु भएको हो।
एक जना गम्भीर घाइतेको पदमा अस्पतालमा उपचार भइरहेको छ। मंगलबार राती १२ बजेको समयमा टिप्पर अनियन्त्रीत भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।





कमेन्ट लोड गर्नुस