सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा चरेश सहित ४ जना प्रक्राउ

२०७६ भदौ १८, ०१:०१ खबर संवाददाता

बझाङ– झोलामा लुकाई छिपाई गाडीबाट  धनगढी तर्फ लैजादै गरेको अबस्थामा १२ किलो चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम यातायातको ना ८ ख १०७४ नम्वरको यात्रुबहाक बसमा लुकाएर राखेको अवस्थामा चेकजाँचको क्रममा बिथ्थड प्रहरी चौकीले १२ किलो चरेश सहित ४ जनालाई पक्राउ गरेको हो।

सुर्मा गाउँपालिका १ दौलीचौरका ५८ बर्षिया हरिबिर बोहरा, उनकी श्रीमति ४८ बर्षिया रनकला बोहरा, सुर्मा गाँउपालिका १ कै ६० बर्षिया लछी बोहरा र बस मालिक समेत रहेका केदारस्यु गाउँपालिका ५ का ४२ बर्षिया काँसि ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए। उनका अनुसार  प्रहरीले  गाडी चेक जाँच गने क्रममा तीन वटा झोलामा चरेश भेटाएको र थप अनुसन्धान भईरहेको छ।

कमेन्ट लोड गर्नुस