सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंकको ऋण नतिरेपछि गौरीगंगा नगरपालिकाका मेयर देउवाको नाममा ३५ दिने सूचना

२०७६ भदौ १८, ११:४५ खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीम बहादुर देउवाले ऋण नतिरेको भन्दै बैँकले ३५ दिने सूचना जारी गरेको छ। सिद्धार्थ बैँक धनगढी शाखाले गत भदौँ ६ गतेको अन्नपूर्ण पोष्ट दैनिकमा सूचना जारी गर्दै ऋण ३५ दिन भित्र बैँकलाई तिर्न बाँकी साँवा, व्याज,हर्जाना व्याज तथा अन्य रकम एकमुष्ट चुक्ता फच्र्यौट गर्न भनेको छ।

जरी सूचनामा भनिएको छ, ऋण लिदा गरेको शर्त कवुलियतको उल्लङ्घन गरेको र बैँकबाट मौखिक एव्म लिखित रुपमा पटक पटक तरताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी ऋण दायित्व फछ्यौट गर्नतर्फ कुनै तदारुकता नदेखाएको हुनाले यो ३५ दिने सूचना प्रकाशित गरिएको छ।

३५ दिन भित्र बैँकलाई तिर्न बाँकी साँवा, व्याज, हर्जाना व्याज सहितको अन्य रकम एकमुष्ट नबुझाएमा बैँक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ तथा अन्य प्रचलित कानून, बैँकको आन्तरिक निर्णय एव्म निमय तथा कर्जाको शर्त सम्झौता बमोजिम लिलाम बिक्रि गरी जमानतकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गर्ने प्रक्रिया अगाडी बढाउने जारी सूचनामा भनिएको छ। तर देउवाले हाल सम्म रकम नतिरेको बैँकले जनाएको छ। 

कमेन्ट लोड गर्नुस